टी–२० सिरिजका लागि १८ सदस्यीय टोली घोषणा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नामिबिया र नेदरल्याण्डससँग मंगलबारदेखि हुने त्रिकोणात्मक टी–२० सिरिजका लागि टोली घोषणा गरेको छ । क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो ।

हालै एकदिवसीय टिममा कमब्याक गरेका अनिल शाहले टी–२० टिममा पनि कमब्याक गरेका छन् । त्यस्तै नेपाल ए टिमका कप्तान बिनोद भण्डारी, नेपाल ए टिममा रहेका रशिद खान, सन्दीप जोरालाई टिममा समावेश गरिएको छ ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् । टी–२० सिरिजको पहिलो खेलमा आगामी मंगलबार नेपालले नामिबियाको सामना गर्दै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरी बन्यो च्याम्पियन

काठमाडौंँ । नेपाल प्रहरीले आठौँं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

ललितपुरले जित्यो एनएसएलको उपाधि

काठमाडौँ । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता

खेलकुदको विकासका लागि प्रदेशमा खेलकुद ग्राम निर्माण गर्छौंः मुख्यमन्त्री कार्की

  मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रको विकासका लागि प्रदेशमा

भक्तपुरमा पहिलोपटक राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने

भक्तपुर। भक्तपुरमा पहिलोपटक दुईदिने राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ। आज