नामिबियालाई १६९ रनको लक्ष्य



काठमाडौं । आइसीसी एक दिवसीय विश्वकप लिग टू क्रिकेटको एक दिवसीय क्रिकेटमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । नेपालले ३७.१ ओभरमा सवै विकेट गुमाएर १६८ रनमात्रै बनाउन सक्यो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पाहुना टोली नामिबियाले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नेपाललाई नियमित ओपनर कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात दिलाएका थिए ।

नामिवियाविरुद्ध एक खेलाडी परिवर्तन गरेको नेपालको प्रदर्शन भने सन्तोषजनक रहेन । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाए। उनले आउट हुनुअघि ६४ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे ।

यस्तै कुशल मल्लले ३६ रन बनाए। भीम सार्कीले २६ रन बनाउँदा कुशल भुर्तेल १८ रन बनाएर आउट भए। अनिल साह पनि आज शून्यमा आउट भए । कप्तान रोहित ९ बल खेलेर शून्यमा आउट भए। उनलाई नामिबियाका लोप्टिइटनले क्याच आउट गराए। यसघि अनिल शाह र देव खनाल पनि खाता नखोली आउट भएका थिए।

नेपालले तेस्रो विकेटका रूपमा देव खनाललाई गुमाएको थियो । नामिबियाका ब्रेनार्ड स्कोल्ट्ज र जान निकोल इटोनले चार चार विकेट हात पारे । यस्तै, ज्याक ब्रासेल, गेरार्ड इरास्मसले एक एक विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय