कोशी प्रदेशलाई पराजित गर्दै एपीएफलाई प्रधानमन्त्री कपको उपाधि



काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

यसअघि एपीएफले सन् २०१६ देखि २०१९ सम्म लगातार चार पटक र सन् २०२१ मा एक पटक गरी पाँच पटक च्याम्पियन बनेको थियो । त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको ११५ रनको लक्ष्य पछ्याउने क्रममा कोशी निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १०३ रन मात्र बनाउन सक्यो ।

कोशीका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले सर्वाधिक ६२ रन जोडिन् । उनले ५८ बलमा ७ चौका र एक छक्का प्रहार गरेकी थिइन् । त्यस्तै काजोल श्रेष्ठले २२ रनको योगदान गर्दा अप्सरी बेगमले ८ तथा लक्षिता राजवंशीले ६ रन बनाइन् । सबनम राइ दुई रनमा अविजित रहिन् ।

एपीएफलाई जित दिलाउन करुणा भण्डारी र सिता रानामगर एक एक विकेट लिए । कोशीका दुई खेलाडी रनआउटको शिकार भए । यसअघि टस जितेर पहिला ब्याटिङको गरेको एपीएफले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११४ रन बनाएको हो । कोशीका लागि अप्सरी बेगमले ह्ययाट्रिक लिएकी छिन् ।

उनले खेलको अन्तिम ओभरमा ह्ययाट्रिक लिएकी हुन् । खेलको अन्तिम ओभरको एफका पहिलो दोस्रो र तेस्रो बलमा क्रमश अर्धशतक बनाएकी इन्दु बर्मा, नेरी थापा र सोनु खड्काको विकेट लिएकी हुन् ।

एपीएफका लागि इन्दु वर्माले अर्धशतकीय पारी खेलिन् । उनले ४७ बलमा ६ चौका र एक छक्काको मद्दतले ५३ रन बनाउँदै आउट भइन् । त्यस्तै ज्योति पाण्डेले २७ रनको योगदान गर्दा रोमा थापाले १४ रन बनाइन् ।

एपीएफकी नेरी थापा र सोनु खड्का एक बलमा नै खाता नखोली आउट भए । सरिता मगर ९ रनमा र करुणा भण्डरी दुई रनमा अविजित रहे । कोशीका लागि अप्सरी बेगमले सर्वाधिक तीन, अलिषा खाँडियाले दुई तथा रुबिना क्षेत्री बेलबासे र निशा शाहले एक एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ ।

प्रधानमन्त्रीले सोमबार चौथो पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने भएका

राष्ट्रिय र प्रतिनिधिसभाको बैठक, समिति गठन नभएसम्म कांग्रेसले अवरोध जारी राख्ने

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय र प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहीबारको