प्रधानमन्त्री कप क्रिकेटमा बैतडीद्वारा अछाम पराजित



 

बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले अछामलाई पराजित गरेको छ । बैतडीले मंगलबार भएको खेलमा अछामलाई ९८ रनले हराएको हो । बैतडीको लगातार यो दोस्रो जित हो । उसले यसअघि पहिलो खेलमा बझाङलाई एक सय ८१ रनले पराजित गरेको थियो ।

निर्धारित ५० ओभरको खेल हुस्सुका कारण ४० ओभरमा झारिएको थियो । फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले ३८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर दुई सय १३ रन बनायो । जितका लागि पाएको दुई सय १४ रनको लक्ष्य पछ्याउने क्रममा अछामको पारी २८ दशमलव पाँच ओभरमा एक सय १५ रनमै समटियो ।

बैतडीका लागि नरेन भट्टले अर्धशतकीय पारी खेले । उनले ५२ रनको योगदान दिए । भट्ट खेलको म्यान अफ दी म्याच चुनिएको स्कोरर नरेन्द्रराज भट्टले बताए । यस्तै खडक बोहराले ३४, वसन्त खत्रीले २७, नरेश चन्दले २२, सुदीप टमाटाले २२ तथा रिसिकेश बोहराले १६ रन बनाए । बलिङतर्फ अछामका रोहित खड्का र अभिषेक चौधरीले तीन÷तीन विकेट लिए ।

यस्तै अछामका लागि ब्याटिङ गर्ने क्रममा महाजन कुँवरले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ बैतडीका लागि गजेन्द्र बोहराले तीन तथा भूपेन्द्र चन्द, रिसिकेश बोहरा र वसन्त खत्रीले दुई÷दुई विकेट लिए । बुधबार कञ्चनपुर र अछामबीच खेल हुनेछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा यही पुस १४ गतेदेखि सुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ ।

सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको

अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने

  फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला

मेयर कप क्रिकेटमा एपिएफ विजयी

काठमाडौँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको