एपिएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा



 

काठमाडौँ । प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा ससस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ ।

जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रनमा समेटियो । कोशीका लागि अप्सरी बेगमले ४८ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन बनाइन् ।

रुविना क्षेत्रीले २६ बलमा ४ चौकासहित २२ रन बनाइन भने काजोल श्रेष्ठ ४ रनमा आउट भइन् । त्यस्तै लकिता राजवंशीले १४ तथा विमला मलहाले ६ रन बनाइन् । बलिङतर्फ एपिएफकी रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता रानामगरले समान १/१ विकेट झारे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै एक सय ३९ रनको योगफल बनाएको थियो । एपिएफका लागि इन्दु बर्माले सर्वाधिक ५६ रनको योगदान दिइन् । उनी ५० बलमा ३ चौका र १ छक्कासहित ५६ रनमा अविजित रहिन् ।

सीता रानामगरले ३७ बलमा ३ चौका र २ छक्कासहित ४५ रनमा रन जोडिन् । रोमा थापाले १८ रन जोड्दा ज्योति पाण्डेले १२ रन बनाइन् । एपिएफकी कप्तान रुविना क्षेत्रीले १ विकेट लिएकी थिइन् । यो हारसँगै कोशीले अब एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर भोलि खेल्नेछ । एलिमिनेटर खेलमा आज दिउँसो बागमती र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ ।

सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको

अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने

  फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला

मेयर कप क्रिकेटमा एपिएफ विजयी

काठमाडौँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको