प्रधानमन्त्री कप क्रिकेटमा बझाङको दोस्रो जित



बैतडी । बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बझाङले लगातार दोस्रो जित दर्ता गरेको छ ।

दोस्रो जित दर्ता गर्ने क्रममा बझाङले डडेल्धुरालाई तीन विकेटले हरायो । जितका लागि पाएको एक सय ६३ रनको लक्ष्य बझाङले २८ दशमलव ५ ओभरमा सात विकेटको क्षतिमा भेट्टायो ।

जसमा सन्दीप भण्डारीले ४१ रनको पारी खेले । डडेल्धुराका नीरज ऐेरले तीन विकेट हात पारे । यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेको डडेलधुरा ३१ दशमलव ५ ओभरमा एक सय ६२ रनमा अलआउट भयो ।

उसका सुवेश रावलले अविजित ४३ रन हिर्काए । बझाङका कप्तान सञ्जय बोहराले चार र पारस रोकायाले तीन विकेट लिए । सञ्जय खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर तिलक बोहराले जानकारी दिए ।

लगातार दोस्रो जित निकालेको बझाङले प्लेट च्याम्पियन बन्ने सम्भावना बलियो बनाएको छ । डडेल्धुराले अन्तिम खेलमा भोलि डोटीको सामना गर्नेछ । डोटीसँग जित निकालेको खण्डमा डडेल्धुराको पनि क्वालिफायर हुने सम्भावना हुनेछ अन्यथा घर फर्किनुपर्नेछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो । प्रादेशिक क्रिकेट सङ्घले यसवर्षदेखि दुई चरणमा प्रदेश छनोट गरिररहेको छ ।

पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भइरहेको छ । दोस्रो चरणमा कैलालीमा इलिट च्याम्पियनसिपका खेल हुनेछन् । प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी छन् ।

गत वर्षको प्रदेश छनोटमा सेमिफाइनल पुगेका टोलीले सोझै इलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन् । प्लेट च्याम्पियनसिपको विजेता टोलीले इलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहराले बताए ।

इलिट च्याम्पियनसिपको उद्घाटन खेलमा यी पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपको विजेता टोलीबीच खेल हुनेछ । खेलाडीको क्षमता अभिवृद्धिका प्लेट र इलिट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको

अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने

  फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला

मेयर कप क्रिकेटमा एपिएफ विजयी

काठमाडौँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको

टेबल टेनिसका स्यान्टु ओलम्पिकमा छनोट

  काठमाडौँ । टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४ का लागि