नेपाल सुपर लिगमा इलामलाई पराजित गर्दै पोखरा शीर्ष स्थानमा



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्स शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले पराजित गर्दै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

दशरथ रंगशालामा भएको खेलमा पोखरालाई जिताउनका लागि सञ्जीव विष्टले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इलामले ४७ औं मिनेटमा निर्णायक गोल गरेको थियो ।

पोखराका मार्की खेलाडी आयुष घलानले प्रहार गरेको कर्नर किकलाई इलामका खेलाडीले क्लियर गर्न असफल भएका थिए । उक्त बललाई सञ्जीवले सहजै गोलमा परिणत गर्दै १–० को अग्रता दिलाए ।

सोही अग्रता अन्तिम समयसम्म कायम राख्दै पोखराले स्पष्ट ३ अंक लिन सफल भयो । सोही ३ अंक तालिकामा थप गर्दै पोखरा शीर्ष स्थानमा उक्लिदा यसअघि शीर्ष स्थानमा रहेको धनगढी एफसी भने दोस्रो स्थानमा झरेको छ ।

पोखराले ४ खेल खेल्दा २ मा जित र २ मा बराबरी गरेको हो । धनगढीले भने अहिलेसम्म ३ खेल खेल्दा २ मा जित र एकमा बराबरीका साथ ७ अंक बनाएको छ । पराजित भएको इलाम ४ खेलबाट ३ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । इलामले एक खेलमा जित निकाल्दा ३ खेलमा पराजय भोगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफलाई पराजित गर्दै पुलिसलाई लामाचौर कप भलिबलको उपाधि

गण्डकी । नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

    कास्की । पोखरामा सम्पन्न लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष

अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । श्रीलंका डेभलपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको

पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य