एलपिएल क्रिकेटमा धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुवात



सुदूरपश्चिम ।  धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले विजयी सुरुवात गरेको छ ।

स्थानीय फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा एकेडेमीले कैलाली बहुमुखी क्याम्पसलाई ४३ रनले पराजित गरेको हो । निर्धारित १५ ओभरको खेलमा एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको कैलाली बहुमुखी क्याम्पसले नौ विकेटको क्षतिमा ८१ रनमात्र बनाउन सक्यो ।

एकेडेमीका बलर निरज ऐरले चार विकेट लिँदै कैलाली बहुमुखी क्याम्पसको इनिङलाई धराशयी बनाए । ‘प्लेयर अफ द म्याच’ घोषित ऐरले तीन ओभरमा एक मेडन ओभरसहित चार रनमात्र खर्चिए । अनिश अवस्थी र मान साउदले दुई–दुई विकेट लिए । कैलाली बहुमुखी क्याम्पसको ब्याटिङमा गणेश ऐरले सर्वाधिक १७, पङ्कज चौधरीले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित ओभरमा छ विकेट गुमाएर एकसय २४ रन बनायो । एकेडेमीका लागि कप्तान विजय रानाले सर्वाधिक ४१ रन योगदान दिए । उनले २६ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । हृतिक थापाले अविजित ३७ रन बनाए । उनले ३० बलमा पाँच चौका र एक छक्का प्रहार गरे । निरज ऐरले १० बलमा एक चौका र दुई छक्काका मद्दतले २१ रन बनाए ।

बहुमुखी क्याम्पसका बलर अभिषेक कुँवर, लोकेन्द्र खनाल र दीप कपडेलले दुई/दुई विकेट लिए । आजै भएको दोस्रो खेलमा धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ७२ रनले पराजित गर्यो । धनगढी स्पोर्ट्सले दिएको एक सय ६७ रनको लक्ष्य पछ्याएको कैलाली जिल्ला क्रिकेट क्लब १५ दशमलव दुई ओभरमा ९४ रनमा समेटियो ।

जिल्ला क्रिकेट क्लबको ब्याटिङमा दीपक टमाटाले सर्वाधिक ३३ रन, विनोद नाथ र नरेन साउदले समान १३ रनको योगदान दिए । बलिङतर्फ भोजराज भट्ट र दीपक चन्द ठकुरीले तीन÷तीन तथा नारायण जोशीले दुई विकेट लिए । ‘प्लेयर अफ द म्याच’ घोषित नारायणले तीन दशमलव दुई ओभरमा १२ रन खर्चिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको धनगढी स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६६ रन बनायो । धनगढीका लागि ओपनर आयुष्मान बमले सर्वाधिक ४५ रन बनाए । उनले ३४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । नारायण जोशीले ३५, आयुब चन्दले ३२ र सुनिल धमलाले २५ रन बनाए ।

जिल्ला क्रिकेट सङ्घको बलिङमा नरेन साउदले तीन विकेट लिए । उनले चार ओभरमा २८ रन खर्चिए । राहुल केसी र डबल ऐरले एक÷एक विकेट लिए । प्रतियोगिताअन्तर्गत मङ्गलबारको पहिलो खेल सुदूरपश्चिमाञ्चल एकेडेमी तथा घोडाघोडी क्रिकेट एकेडेमीबीच दोस्रो खेल शुक्लाफाँटा ब्ल्याकबक्स तथा खप्तड इन्डोरबीच हुने कार्यतालिका छ ।

लिटल फ्लावर स्पोर्टस् क्लब धनगढीको आयोजनामा भइरहेको प्रतियोगिताको उपाधि विजेताले  दुई लाख ५५ हजार र उपविजेताले  एक लाख २८ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुर  जिल्लाका गरी १६ क्रिकेट टोलीको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले