नेपाल सुपर लिगमा वीरगञ्जलाई पराजित गर्दै धनगढी विजयी



काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा साविक उपविजेता धनगढी एफसीले वीरगञ्ज युनाइटेड एएफसीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार साँझ भएको खेलमा धनगढीले वीरगञ्जमाथि २–१ को जित निकालेको हो । धनगढीका लागि फोडे फोफानाले खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । त्यसपछि वीरगञ्जका लागि हान्स क्वाफीले खेलको पहिलो हाफको अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । फलु डियाग्नेले ह्याण्डबल गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो ।

त्यसपछि खेलको ८९औँ मिनेटमा कृतिश रत्न छुन्जुको पासमा अहमद हिजाजीले गोल गर्दै धनगढीको जित पक्का गरे । जितसँगै धनगढीले प्रतियोगितमा तीन अङ्क जोडेको छ । भोलि झापा एफसी र स्पोर्टिङ मेची इलामबीच खेल हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

काठमाडौँ । आइतबारदेखि सुरु हुने आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको ट्रफी

ललितपुर एनएसएलको ‘प्लेअफ’मा

काठमाडौँ । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता–२०२५ को ‘प्लेअफ’मा

एनएसएलमा झापा र पोखराबीचको खेल बराबरीमा

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको झापा एफसी र

नेपाल चार देशीय क्रिकेटको फाइनलमा

काठमाडौं । वर्षाले खेल हुन नसकेपछि हङ्कङसँग अङ्क बाँडेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली