केपी ओली कपमा आयोजक मदन भण्डारमाथि कर्णालीको जित


पोखरा । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोलाई ४ विकेटले पराजित गरेको छ ।

शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको आयोजक रातोले दिएको ११० रनको लक्ष्यलाई कर्णाली प्रदेशले १८.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । दुवै टोलीलाई पराजित गरेको बागमती प्रदेश भने सेमिफाईनल प्रवेश गरिसकेको छ ।

टस जितेर व्याटिङ गरेको आयोजकले मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका लागि रोशन गौतमले ३० रन, निर्मल थापा १७ रन, निश्चल ग्यावतीले १९ रन, सेहजाद आमलले १६ रन बनाए । कर्णालीका प्रकाश जैसीले २ विकेट लिए ।

११० रनको लक्ष्य पछ्याउदै कर्णालीका लागि दिपेन्द्र रावतले ४३ रन, प्रकास जैसीले १९ रन, निश्चल रावल १५ रन बताउदै अन्य ब्याट्मान्ले दोहोरो रन जोड्न सकेनन् । आयोजक एकेडेमी रातोका सन्तोष यादव र विप्रासन केसीले समान २ विकेट लिए ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहति मेडल र ट्रफि प्राप्त गर्ने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्यटार र बलरले जनही नगद २०÷२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् ।