प्रधानसेनापति ट्रफी सुरु



काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी प्रतियोगिता भद्रकालीस्थित जङ्गी अड्डाको खेल मैदानमा सुरु भएको छ । बिहीबार आयोजित एक समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले प्रतियोगिताको उद्घाटन गरे ।

यही असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सेनाका पृतना, युद्ध मद्दत बाहिनी र विशेष फौज बाहिनीसहित १४ समूहबीच स्पर्धा हुनेछ ।

त्यस अवसरमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले खेलकुदमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने प्रयास भइरहेको बताए । उनले हरेक वर्ष सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय सहासिक ‘रन फर फन’ प्रतियोगिताको तयारी भइरहेको जानकारी दिए ।

उद्घाटन समारोहमा सहभागी पृतना तथा बाहिनीका टिमले मार्चपाष्टका साथै विभिन्न खेलसम्बन्धी कला प्रस्तुत गरेका थिए । सो अवसरमा प्रतियोगिताको मस्कट बाघ पनि प्रदर्शन गरिएको थियो ।

समारोहमा नेपाल र नेपाली सेनाको नाम विश्वसामु परिचित गराउने ओलम्पियन जमदार जीतबहादुर केसी (अवकाश प्राप्त) लाई कदरपत्र प्रदान गरियो ।

प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुनेछ । नेपाली सेनाले प्रतिभाशाली खेलाडी पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने अभिप्रायका साथ २०६५ सालदेखि प्रधानसेनापति ट्रफी सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा