एसियाली खेलकुदः पब्जीमा नेपाल सेमिफाइनलमा प्रवेश



काठमाडौँ । चीनको हान्झाउमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन(पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ ।

चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा आज भएको क्वाटरफाइनल खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र सङ्गिन भट्टराई सम्मिलित नेपाली टिमले ५४ मिनेट ४ दशमलव ८४२ सेकेण्डको समय लगाउँदै समूह सीमा दोस्रो भएको हो । यस समूहमा हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ ।

प्यालेस्टाइन र साउदी अरेबिया भने यस समूहबाट बाहिरिएको छ । यसअघि पहिलो चरणमा नेपाल आफ्नो समूहमा दोस्रो भएको थियो । तर दोस्रो हुने मध्येबाट पनि उत्कृष्ट बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

यस्तै आजै भएको क्वाटरफाइनलअन्तर्गत समूह ‘ए’बाट दक्षिण कोरिया र थाइल्याण्ड, समूह ‘बी’बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’बाट जापान र इन्डोनेसियाले सेमिफाइनलमा स्थान बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा

एएफसी यू–२० एसियन कप छनोटमा नेपाल बहराइनसँग पराजित

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ४–०