एशियाली खेलकुदमा चीनको अग्रस्थान कायमै



एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले बिहीबार पनि अग्रता कायम गरेको छ । एक सय ६४ पदकसहित पहिलो स्थानमा रहेको छ । चीनले हालसम्म ८८ स्वर्ण, ५० रजत र २६ कास्य पदक हात पारेको छ भने दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले २१ स्वर्ण, २२ रजत र ३८ कास्य गरी ८१ पदक जितेको छ ।

तेस्रो स्थानमा रहेको जापानले १८ स्वर्ण, २९ रजत र त्यति नै कास्य हात पारेर अहिलेसम्म ७६ पदक बटुलेको छ । छ वटा, ८ वटा रजत र ११ वटा कास्य पदक हासिल गरेर उज्वेकिस्तानले चौथो स्थानमा चित्त बुझाएको छ ।

भारतले छ वटा स्वर्ण, १० वटा रजत र १५ वटा कास्य पदक गरी जम्मा ३१ वटा पदक जितेर पाँचौ स्थान सुनिश्चित गरेको छ । यसैबीच, प्रतियोगितामा उत्तर कोरियाले एकैपटक तीन वटा स्वर्ण पदक जितेको छ ।

सुटिङमा पहिलोपटक तीन स्वर्ण प्राप्त गरेको उसले पाँच रजत र चार कास्य गरी १२ वटा पदक जितेर पदक तालिकामा दशौँ स्थान हासिल गरेको छ ।

६ वटा स्वर्णसहित कुल १६ पदक जितेर थाइल्याण्ड छैटौँ, पाँच वटा स्वर्णका साथ ३२ पदक पोल्टामा पारेर हङकङ सातौँ, चार वटा स्वर्णका साथ १३ पदक जितेको चाइनिज ताइपेइ आठौँ र तीन वटा स्वर्णसहित जम्मा २२ वटा पदक पाएको इरान पदक तालिकामा नवौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा

एएफसी यू–२० एसियन कप छनोटमा नेपाल बहराइनसँग पराजित

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ४–०