पाकिस्तानलाई नेपालको १८० रनको लक्ष्य



काठमाडौं । श्रीलंकामा जारी एसीसी मेन्स इर्मजिङ एशिया कपमा नेपालले पाकिस्तानलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालले सोमपाल कामीको करियरकै उत्कृष्ट ब्याटिङमा पाकिस्तानलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको हो । कुनै समय नेपाललाई एक सय रन पुर्याउन पनि गाह्रो रहेको अवस्थानमा नेपालको पारी सोमपालले सम्हालेका हुन् ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १० ओभरका ३९ रनमा ६ विकेट गुमाएको थियो । नेपालका लागि सर्वाधिक रन सोमपालले बनाएका हुन् । उनले १०१ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै ७५ रन बनाएका हुन् ।

त्यस्तै प्रतिश जिसीले २६ रन, अर्जुन साउद र कुशल मल्लले समान १७ रनको योगदान गरे । त्यस्तै गुल्शल झा १३ रन तथा आशिफ शेख १२ रनमा पविलियन फर्किए ।

नेपालका अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । कुशल भुर्तेल र पवन सर्राफले समान एक रन, कप्तान रोहित पौडेलले चार रनको योगदान गर्दा ललित नारायण राजवंशी एक रनमा अविजित रहे ।

पाकिस्तानका लागि शान्हावाज दहानी एक्लैले पाँच तथा मोहम्मद वसिमले चार र मेहरान मुम्ताजले एक विकेट लिए । बिहीबारदेखि सुरु भएको एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट आगामी जुलाई २३ सम्म हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ