खेलकुदमा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा छुट्टै एकाई निर्माण गर्ने तयारी



काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबाहदुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उनले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक पर्वतीय खेलको आयोजना गर्दै नेपालमा पर्यटन क्षेत्रको विकास गर्नेे विश्वास व्यक्त गरे । उनले विद्यालयमा अध्ययनरत १५ वर्षमुनिका बालबालिकाका लागि खेलसम्बन्धी शिक्षा दिँदै सोही क्षेत्रबाट खेलकुदको विकास तथा विस्तारको थालनी गर्ने बताए ।

मन्त्री लिम्बूले देशका लागि पसिना बगाउने खेलाडीमा बीमाको समस्या रहेको भन्दै खेलाडीको जीवन बीमाको विषयमा छुट्टै नीति बनाउने गृहकार्य भइरहेको बताए । उनले भौतिक पूर्वाधारको क्षेत्रमा पुँजीगत खर्च ९ प्रतिशत मात्र गरेको देखिएकाले आगामी दिनमा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा छुट्टै एकाई निर्माण गर्ने तयारी गरेको जानकारी दिए ।

उनले बच्चादेखि सिनियर नागरिकसम्मको चासो रहेको क्रिकेटको विकासका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, मूलपानी, विराटनगर र नारायणी रङ्गशाला पर्साको भौतिक पूर्वाधारका निर्माणमा पूर्णता कायम गर्न आवश्यक रहेको भन्दै यसो गर्न सके नेपालमा १२ महिना नै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ