प्रधानमन्त्री कप भलिबलमा टिपटप हेल्प नेपाल विजयी



काठमाडौं । राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग च्याम्पियनसीपअन्तर्गत बिहीबार भएको पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल विजयी भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टिपटप हेल्प नेपालले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै विजयी भएको हो ।

हेल्प नेपालले एपएिफमाथि २७–२५, २५–१७, २१–२५, २३–२५ र १६–१४ ले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै हेल्प नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब लिग चरणको अन्तिम खेलमा हेल्प नेपालले शुक्रबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

प्रतियोगितामा पुरुषतर्फ सात टोलीको सहभागिता रहेको छ भने महिलातर्फ छ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल यही असार ३० गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ