कबड्डी सङ्घको अध्यक्षमा थापा चयन



काठमाडौं । अखिल नेपाल कबड्डी सङ्घको अधिवेशनले तुलसी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको उपाध्यक्षमा कुमार आले र रतिया राजवंशी निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा अरबिन्दकुमार झा, सचिवमा तर्कराज भट्ट र कोषाध्यक्षमा कृष्णदेव पन्त निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा तेजबहादुर विष्ट, निराजन श्रेष्ठ, जनक चौधरी, जयबहादुर बोहरा, विन्दु थापामगर, भगवती अधिकारी, निर्मलाकुमारी विसी, शरद दर्शनधारी, राजकुमार क्षेत्री, उमालाल यादव र धीरेन्द्र राजवंशी निर्वाचित भएका छन् ।

सङ्घको यस अधिवेशनमा देशका विभिन्न ४२ जिल्लाका प्रतिनिधि सहभागी रहेका सङ्घको आयोजक समितिले जानकारी दिएको छ । यसैगरी नवनिर्वाचित कार्यसमितिको आजै बसेको पहिलो बैठकले एक वर्षभित्र कबड्डी लिग टुर्नामेन्ट सुरू गर्ने, अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना गर्ने, १९औँ एशियन खेलमा महिला कबड्डीलाई तत्काल वैदेशिक प्रशिक्षकको व्यवस्था मिलाउने, यस खेलसम्बन्धी तालिम दिने, महिला सशक्तिकरण कार्यक्रमलाई निरन्तरता दिइने निर्णय गरेको छ ।

यसैगरी कार्यसमिति बैठकले विसं २०३७ देखि २०८० सम्म सम्पन्न अन्तर्राष्ट्रिय कबड्डी पदकधारी खेलाडीलाई केही समयभित्रै नगदसहित सम्मान गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ