एनभिए भलिबलः न्यू डायमन्ड, पुलिस र एपिएफ विजयी



 

काठमाडौं । राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा न्यू डायमन्ड स्पोर्टस क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा सोमबार भएको खेलमा न्यू डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

न्यू डायमन्डले एभरेस्ट क्बललाई खेलको पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पा¥यो भने खेलको दोस्रो सेट २५–१२ ले जित्यो । त्यस्तै खेलको अन्तिम सेट न्यु डायमन्डले २५–१२ ले पक्षमा पार्दै विजयी हासिल ग¥यो ।

न्यू डायमन्डले प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको हो । हिजो भएको आफ्नो पहिलो खेलमा न्यू डायमन्डले गण्डकी प्रदेशलाई पराजित गरेको थियो । यता पराजित एभरेस्टको भने यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा एभरेस्ट विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

त्यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा नेपाल एपिएफ क्लबले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भयो । एपिएफले गण्डकी प्रदेशमाथि २५–१२, २५–१८ र २५–८ ले पराजित गर्दै विजयी भएको हो ।

सोही स्पर्धाको अर्को खेलमा विभागीय टोली नेपालले पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पुलिसले आर्मीलाई २५–१८, २५–१२ र २५–१८ ले खेल आफ्नो पक्षमा पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ