भलिबलमा आर्मी र एपिएफको लगातार दोस्रो जित



काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सातौँ प्रधानमन्त्री कप एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग, २०८० मा लगातार दोस्रो जित दर्ता गराएका छन् ।

आर्मीले आइतबार दावाँली मिलन क्लबलाई २–१९, २५–११, २५–२० अङ्कले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको हो । यसअघि भएको पहिलो खेलमा आर्मीले सैलुङ बाघढुङ्गालाई पराजित गरेको थियो ।

आजै भएको अर्को खेलमा एपिएफले गण्डकी प्रदेश भलिबल क्लबलाई ३–१ ले पराजित गर्दै विजयी भएको हो । पहिलो सेट २१–२५ ले गुमाएको एपिएफ खेलमा फर्कंदै लगातार बाँकी तीन सेट २५–२१, २५–२३, २५–१७ ले जित्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतियोगिताको दाबेदार टिम टिपटप हेल्प नेपालले पनि आइतबार आफ्नो पहिलो खेलमा सैलुङ बाघढुङ्गा स्पोर्ट्स कलब, रामेछापलाई ३–० ले पराजित गर्दै महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भयो ।

तीन पाकिस्तानी खेलाडीसहित कोर्टमा उत्रेको हेल्प नेपालले सैलुङलाई २५–१२, २५–१५, २५–१९ ले पराजित गर्यो ।

नेपाल भलिबल सङ्घको आयोजनामा भएको लिगको महिलातर्फको खेलमा एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्यो । खेलमा पहिलो र दोस्रो सेट ३०–२८, २५–२३ ले जितेको एपिएफले तेस्रो र चौथो सेट गुमाउन पुग्यो ।

आर्मीले तेस्रो सेट २०–२५ र चौथो सेट १९–२५ ले जित्यो । निर्णायक तथा पाँचौँ सेट आर्मीले खेलको लयलाई गुमाउन पुग्दा एपिएफले १५–६ ले जित हात पार्दै विजयी भयो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उक्त प्रतियोगिताको महिलातर्फकै अर्को खेलमा होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले गण्डकी प्रदेश भलिबल क्लबलाई ३–० सेटले पराजित गर्यो । डायमण्डले गण्डकीलाई २५–१७, २५–१६, २५–१५ ले पराजित गर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ