मल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा



काठमाडौं । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ ।

माल्दिभ्सको मालेमा गएराति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ अङ्कले पराजित गर्दै विजयी हासिल गरेको हो । नेपालको यो तेस्रो जित हो । पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि लगातार पाकिस्तान र बङ्गलादेशलाई हराएको थियो ।

यस जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो । ४ खेलमा ७ अङ्क जोड्दै नेपाल शीर्षस्थान रहयो । समान अङ्कका साथ पाकिस्तान दोस्रो स्थानमा रहयो ।

यसैगरी समान ६ अङ्कका साथ बङ्गलादेश तेस्रो र भुटान चौथो स्थानमा रह्यो । ४ अङ्क जोडेको माल्दिभ्स समूह चरणबाट बाहिरिएको छ । शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लखनउलाई पराजित गर्दै कोलकाता आइपीएलको शीर्ष स्थानमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको

पोखरा स्पोर्टस् अवार्डमा इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

कास्की । एथ्लेटिक्सकी खेलाडी इन्द्राकुमारी मल्ललाई पोखरा स्पोर्टस् अवार्डमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

  काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण

स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६