जिम्बावेलाई २९१ रनको लक्ष्य



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट छनोट, २०२३ अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले जिम्बावेलाई जितका लागि २९१ रनको बलियो चुनौती दिएको छ ।
आइतबार जिम्बावेको हरारे स्पोर्टस क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९० रनको योगफल बनायो ।
नेपालले खेलको सुरुआत राम्रो गर्यो । ओपनर ब्याटरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकटका लागि ३१ दशमलव ५ ओभरमा १७१ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि गत फेब्रुअरीमा नामिबियाविरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए ।
कुशलले सर्वाधिक १३ चौका र २ छक्काको मद्दतमा ९९ रन बनाए भने आसिफले ६६ रन बनाए । यसैगरी कुशल मल्लले ४१ रन जोडे भने आरिफ शेखले १० रन र गुल्सन झाले १३ बनाए । दीपेन्द्र सिंह ऐरीले ६ रन र करण केसी २ रनमा अविजित रहे ।
बलिङतर्फ जिम्बावेका रिचार्ड नगर्भाले चार विकेट लिए भने विलिङ्टन मासाकाट्जाले दुई विकेट झारे । त्यस्तै ब्लेसिङ् मुजवानी र टेन्डाई चताराले समान एकरएक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरा स्पोर्टस् अवार्डमा इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

कास्की । एथ्लेटिक्सकी खेलाडी इन्द्राकुमारी मल्ललाई पोखरा स्पोर्टस् अवार्डमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

  काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण

स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ