एसियाली खेलकुदमा जुडोतर्फ आठ खेलाडी छनोट



काठमाडौं । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत जुडोका लागि आठ खेलाडी छनोट भएका छन् ।
नेपाल जुडो सङ्घले खुसिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्समा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट आठ खेलाडी छनोट भएका हुन् । नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसार पुरुष र महिलातर्फ समान चार–चार खेलाडी छनोट भएका छन् ।

पुरुष ६० किलोमुनिको तौल समूहमा लुम्बिनी प्रदेशका विकास विक, ६६ किलोमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ, ८१ किलोमुनि नेपाली सेनाका जङ्गबहादुर सारु र १०० किलोमाथिको तौल समूहतर्फ सेर्नाकै रन्जेश गोले छनोट भएका छन् ।

यस्तै महिला ५२ किलोमाथिको तौल समूहतर्फ बागमती प्रदेशकी देवकीमाया श्रेष्ठ, ५७ किलोमुनि प्रहरीकी मनिता श्रेष्ठ प्रधान, ७० किलोमुनि पुनम श्रेष्ठ र ७८ किलोमाथिको तौल समूहतर्फ आकृति श्रेष्ठ छनोट भएका छन् । इन्द्र र देवकी सहोदर दाजु÷बहिनी हुन् । इन्द्र, देवकी र मनिता बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेबल टेनिसका स्यान्टु ओलम्पिकमा छनोट

  काठमाडौँ । टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४ का लागि

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ

एपिएफ ललितपुर मेयर्स कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौँ ।  ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक

क्यानले बनायो पाँच समिति

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पाँच वटा समिति गठन गरेको छ