महासङ्घलाई खुला पुरुष भलिबलको उपाधि



भक्तपुर । भक्तपुरमा सम्पन्न राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ विजयी बनेको छ । सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा स्थानीय ॐ सिर्जनशील समाजले गत शनिबारदेखि आयोजना गरेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा महासङ्घले लिखु गाउँपालिका–८ ओखलढुङ्गालाई ३–१ को सेटमा पराजित गरेको थियो ।

फाइनलको पहिलो खेलमा २५–२१ का अन्तरले लिखुले अग्रता लिए पनि दोस्रो, तेस्रो र चौथो सेटमा भने लिखुविरुद्ध महासङ्घले २५–२०, २५–१९ र २५–२२ को अन्तरले विजय हासिल गरी नगद पुरस्कार, ट्रफी र मेडल हात पार्दै महासङ्घ च्याम्पियन बनेको हो ।

त्यस्तै न्यूटन एकेडेमीले आयोजक टिम ॐ सिर्जनशस्ल समाजलाई ३–० को अन्तरले पराजित गर्दैै तेस्रो स्थान सुनिश्चित गरेपछि आयोजक टिम समाजले सान्तवनामै चित्त बुझाउनुपरेको थियो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य किरण थापाले प्रतियोगितामा प्रथम हुने ने महासङ्घलाई नगद ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र, दोस्रो हुने लिखु–६ ओखलढुङ्गालाई नगद पुरस्कार २५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र, तेस्रो हुने न्यूटन एकेडेमीलाई १५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र र सान्त्वना हुने ॐ सिर्जनशील समाजलाई १० हजार, मेडल र प्रमाणपत्र प्रदान गरे ।

त्यस्तै प्रतियोगिताको फाइनल खेलमा महासङ्घका खेलाडी विष्णु बस्नेतले म्यान अफ दि म्याचको उपाधि पाउनुभयो भने बेस्ट स्पाइडरमा महासङ्घकै समित श्रेष्ठ, बेष्ट ब्लकरमा महासङ्घकै सन्तोष रानामगर, बेष्ट सेटर महासङ्घकै मनोज घिमिरे, बेष्ट लिब्रोको उपाधि लिखु–८ का सन्दीप थापा र बेष्ट सर्भर न्यूटन एकेडेमीका धिरजकाजी बस्नेतले उपाधि हात पारे ।

कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न देशमा गएर भलिबल खेलमा उत्कृष्टता हासिल गर्ने खेलाडी धिरजकाजी बस्नेत र विष्णु बस्नेतलाई प्रदेशसभा सदस्य थापाले सम्मान गरे । आयोजक समितिका संयोजक पेशल आचार्यले प्रतियोगितामा आठ जिल्लाका १० समूहको सहभागिता रहेको जानकारी दिए । प्रतियोगितालाई विभिन्न सहयोग पुर्याउने दाता एवं सहयोगीलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाइने

काठमाडौँ । सरकारले खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाउने भएको छ । सङ्घीय संसद्को

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा

  काठमाडौँ ।  विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएईं)विरुद्ध हुने खेलका

तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अंक बाँडे

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले अंक बाँडेका छन्

स्याङ्जामा राष्ट्रिय भलिबल खेलाडी सम्मानित

वालिङ (स्याङ्जा) । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ