राष्ट्रव्यापी खुल्ला पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा



भक्तपुर । भक्तपुरमा जारी राष्ट्रव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सूर्यविनायक नगरपालिका–४ हर्सचौकमा आयोजित प्रतियोगितामा न्युटन एकेडेमी, ओम सिर्जनशील समाज, लिखु टिम र गणतान्त्रिक खेलकुद महासङ्घले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

आइतबार सम्पन्न क्वाटरफाइनलमा आयोजक ओम सिर्जनशील समाजले गान्धी आदर्श टिमलाई २५–१९ र २५–१६ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्युटन एकेडेमीले कागेश्वरी मनोहरालाई २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गरी सेमिफाइनलमा स्थान बनाएको छ ।

त्यस्तै गणतान्त्रिक खेलकुद महासङ्घले भक्तपुर जिल्ला खेलकुद विकास समिति टिमलाई २५–१० र २५–२१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । लिखु–८ ले लिखु सेवा समाजलाई २५–२३ र २६–२४ ले पछि पार्दै सेमिफाइनलमा पुगेको छ । शनिबारदेखि सुरू भएको प्रतियोगितामा आठ जिल्लाका १० टिमको सहभागिता छ ।

ओम सिर्जनशील समाजले आयोजना गरेको प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन केसीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ

एपिएफ ललितपुर मेयर्स कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौँ ।  ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक

क्यानले बनायो पाँच समिति

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पाँच वटा समिति गठन गरेको छ

दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पहिलोपटक स्केटिङ पार्क सञ्चालनमा आएको छ ।