एसियन कप छनोटमा नेपाल म्यानमारसँग ५ शून्यले पराजित



काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ ।
म्यानमारको यानगोनस्थित युवुन्ना स्टेडियममा मंगलबार भएको खेलमा नेपाल म्यानमारसँग ०–५ गोलअन्तरले पराजित भएको हो । म्यानमारका लागि खेलको २३औँ मिनेटमा जिन मोई प्याएले एक गोल गरिन् । म्यानमारकी अर्की खेलाडी यिन लुन इयानले ह्याट्रिक पूरा गरिन् । उनले खेलको ४४औँ, ४७औँ र ९०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।
यसैगरी युन वादी हलाइङ्गले खेलको ६९औँ मिनेटमा एक गोल थपिन् । अब नेपालले आफ्नो दोस्रो खेल यही जेठ २५ गते चीनसँग खेल्नेछ । नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा म्यानमार, चीन र चाइनिज ताइपेइ रहेका छन् ।
नेपाल यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको खेलमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाइने

काठमाडौँ । सरकारले खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाउने भएको छ । सङ्घीय संसद्को

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा

  काठमाडौँ ।  विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएईं)विरुद्ध हुने खेलका

तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अंक बाँडे

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले अंक बाँडेका छन्

स्याङ्जामा राष्ट्रिय भलिबल खेलाडी सम्मानित

वालिङ (स्याङ्जा) । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ