चर्च ब्वाइज ‘ए’ डिभिजन लिग च्याम्पियन



काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको उपाधि नवप्रवेशी चर्च ब्वाइजले जितेको छ । पहिलो पटक शहिद स्मारक ए डिभिजन लिग खेलको चर्च ब्वाइजले पहिलो प्रयासमा नै उपाधि जितेको हो ।

मंगलबार भएको २५ औँ राउन्डको खेलमा थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज सहभागिताको पहिलो सिजनमै लिग च्याम्पियन बन्न सफल भएको छ।

खेलमा चर्च ब्वाइजले गोलका अवसर पाएपनि सफल भएन । खेलको १७ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिने अवसर गुमाएको थियो । चर्च ब्वाइजका आशिष चौधरीको प्रहारलाई थ्रिस्टारका गोलरक्षक अरुण ब्लोनले विफल पारिदिए ।

चर्च ब्वाइजको ३७ औं मिनेटमा अग्रता लिने प्रयासलाई थ्रिस्टारका गोलरक्षक अरुण ब्लोनले रोकिदिए । एरिक विष्टको कर्नरमा चर्च ब्वाइजका अनन्त तामाङले गरेको हेडर प्रयासलाई अरुणले रोकेका थिए ।

त्यसपछि खेलमा दवाव राखेको चर्च ब्वाइजले एक पछि अर्को गोलको अवसर बनाएपनि सफल हुन सकेन । एक खेल अगाडि नै च्याम्पियन बनेको चर्च ब्वाइजको २५ खेलबाट ४५ अंक रहेको छ । दोस्रो स्थानमा रहेको मछिन्द्रको २४ खेलबाट २९ अंक रहेको छ । थ्रिस्टारको २५ खेलबाट २८ अंक रहेको छ । उसलाई रेलिगेशनबाट बच्न अर्को खेलमा जित निकाल्नु पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाफ म्याराथनमा महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि

  खोटाङ । खोटाङको दिक्तेलमा आयोजित खुला महिला तथा पुरुष हाफ म्याराथनको उपाधि

वित्तीय स्रोतसमेत घटेपछि प्रदेश र स्थानीय तह घाटामा

काठमाडौँ । विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम रहेको निष्कर्षसहितको प्रतिवेदन

जसपाबाट प्रदीप यादव स्वास्थ्य र हसिना खान राज्यमन्त्री नियुक्त

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको

फौजदारी आरोप लगाएपछि सदनमा जवाफ दिन त पाउनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले एक पटक सदनमा बोल्न पाउनुपर्ने