सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि



काठमाडौं । सूर्य नेपाल टुर २०२२–२३ अन्तर्गतको अन्तिम प्रतियोगिताको रुपमा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारबाट सुरु हुँदै छ । यो शीर्ष वरीयताका लागि प्रतिस्पर्धा हुन लागेको हो ।

गोकर्ण गल्फ क्लबमा हुने प्रिमियर गल्फ च्याम्पियनसिप चार दिन सम्म चल्ने छ । ७२ होलमा हुने च्याम्पियनसिपको सुरुवाती दुई दिनपछि शीर्ष २१ व्यावसायिक खेलाडीले मात्र अन्तिम ३६ होलको प्रतिस्पर्धा गर्न पाउनेछन् ।

जसमा एमेच्योरतर्फका शीर्ष ६ खेलाडी पनि रहनेछन् । नेपाल नम्बर वान शुक्रबहादुर राईले भुवन नगरकोटेलाई पुरस्कार राशीमा पछि पार्दै आगामी सिजनको नम्बर वान बन्ने दौडमा छन् ।

भुवनले हालसम्म ५ लाख १३ हजार ५ सय रुपैयाँ कमाएका छन्। शुक्रले ४ लाख ९४ हजार कमाएका छन्। शुक्रले यो सिजनको सात मध्ये दुई प्रतियोगिता खेलेनन्। तेस्रो स्थानमा रहेका सञ्जय लामाले ३ लाख ५२ हजार ५ सय, चौथो स्थानमा रहेका दिनेश प्रजापतिले ३ लाख ६५ हजार, पाँचौ स्थानमा रहेका जयराम श्रेष्ठले २ लाख ९४ हजार ७५० रपैयाँ कमाएको दीपक आर्चायले बताए ।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको कुल पुरस्कार राशी १५ लाख २० हजार रुपैयाँ राखिएको छ। प्रतियोगिताको विजेताले २ लाख ७० हजार तथा उपविजेताले १ लाख ७० हजार रुपैयाँ पाउनेछन्। तेस्रोले १ लाख २० हजार, चौथो हुनेले १ लाख र पाँचौ हुनेले ८६ हजार रुपैयाँ पाउनेछन्। शीर्ष २१ भित्र पर्ने गल्फरले पनि नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा ४१ व्यवसायिक र ९ जना एमेच्योर खेलाडीले स्पर्धा गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खेलकुद मन्त्रालयलाई  तीन अर्ब ५० करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि तीन अर्ब ५० करोड रकम

नेपाल क्यानडासँग ६३ रनले पराजित

काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा

सन्दीप लेख्छन्-मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने, मेरो देशको सपना पूरा भएको छ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विश्वकप खेल्ने आफ्नो सपना पूरा नभएपनि देशको सपना

अन्नपूर्ण आरोहण दिवसमा म्याराथन हुने

  गण्डकी । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा