मनाङ र फ्रेन्ड्स एक/एक गोलको बराबरीमा



काठमाडौं । ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी फुटबल क्लबल र फ्रेन्ड्स क्लबले अंक बाँडेका छन् । दशरथ रंगशालामा आइतबार भएको दोस्रो खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । मनाङका लागि निराजन धामीले गोल गर्दा फ्रेन्ड्सका अमित तामाङले गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा मनाङले ५२ औं मिनेटमा अग्रता लिएको थियो । मनाङका निराजनले गोल गरेका थिए ।

फ्रेन्ड्सका उत्तम राईलाई मनाङका चेतनकुमार थारुले फल गरेपछि पाएको पेनाल्टीमा अमित तामाङले गोल गरेपछि खेल बराबरीमा आएको थियो । बराबरीपछि मनाङ ३२ अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ भने फ्रेन्डसभने २६ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका