एफए कपको उपाधि सिटीलाई



म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड २-१ गोलले हराउँदै सिटीले एफए कपको उपाधि जितेको हो ।

वेम्बली स्टेडियममा भएको खेलमा इल्काइ गुन्डोगानले दुई गोल गरे । युनाइटेडको लागि ब्रुनो फर्नान्डेजले एक गोल फर्काए । खेलको पहिलो मिनेटमै केभिन डी ब्रुयनको पासमा गुन्डोगानले गोल गर्दै सिटीलाई शूरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।

५१ औं मिनेटमा केभिनको पासमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा सिटी २-१ गोलले विजयी भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।