महिला क्रिकेटमा मलेसियालाई पराजित गर्दै नेपाल विजयी



काठमाडौं । नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मलेसियाको वाइएसडी यूकेएम ओभलको खेल मैदानमा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो ।

यस जितसँगै नेपालले तीन खेलको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा २–१ को अग्रता बनाएको छ । नेपालले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ८३ रनमा समेटियो ।

मलेसियाका लागि महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रनमा अविजित रहिन् भने विनिफ्रेड दुराईसिंघमले २० रन बनाइन् । नेपालका लागि सीता रानामगर, इन्दु बर्मा र कविता कुँवरले समान १÷१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय १० रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २७ रन बनाइन् । सीता रानामगरले २४ रन बनाइन भने ज्योति पाण्डेले २३ रन जोडिन । ईन्दु बर्माले २० रन बनाइन् ।

मलेसियाका लागि निक नुर अतिएलाले २ तथा एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले समान १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाइने

काठमाडौँ । सरकारले खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाउने भएको छ । सङ्घीय संसद्को

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा

  काठमाडौँ ।  विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएईं)विरुद्ध हुने खेलका

तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अंक बाँडे

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले अंक बाँडेका छन्

स्याङ्जामा राष्ट्रिय भलिबल खेलाडी सम्मानित

वालिङ (स्याङ्जा) । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ