सातदोबाटोविरुद्ध एनआरटीको जित



काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । च्यासल फुटबल मैदानमा आइतबार भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो । सातदोबाटोविरुद्ध एनआरटीको जितमा निकालस सर्ज सोङ र सनम लिम्बुले गोल गरे । सातदोबाटोका शिव सुवेदीले गोल फर्काए ।

खेलको पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर खेलको ६६औँ मिनेटमा निकोलसले गोल गर्दै एनरआरटीलाई १–० गोलको अग्रता दिलाए । खेलको ७०औँ मिनेटमा सनमले गोल गरेपछि एनआरटीले २–० को अग्रता बनायो । खेलको ८१औँ मिनेटमा शिवले गोल गर्दै २–१ को स्थितिमा ल्याएपनि सातदोबाटोले एनआरटीसँग हार टार्न सकेन ।

यो जितसँगै एनआरटी भने लगभग रेलिगेशनमा पर्ने सम्भावनाबाट मुक्त भएको छ । आठौँ स्थानमा उक्लिएको एनआरटीको २२ खेलबाट २९ अंक भएको छ । यता, पराजित सातदोबाटो भने २२ खेलबाट २९ अंक बनाएर लिगको छैठौँ स्थानमा छ । आजै भएको अर्को खेलमा मनाङ मर्स्याङ्दी फुटबल क्लबले थ्रीस्टारलाई १–० ले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा

मंगोलियालाई नेपालले दियो ३१५ रनको लक्ष्य

काठमाडौं । १९ औँ एसियाली खेलकुदमा नेपालले मंगोलियालाई ३ सय १५ रनको कीर्तिमानी

१९ औँ एसियाली खेलकुदमा आयोजक चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

हाङझाउ । १९ औँ एसियाली खेलकुदअन्तर्गत मङ्गलबारसम्म तीन सय ३१ पदकको छिनोफानो भएको

एसियाली खेलकुदमा जुडो र रग्बीमा नेपालको यात्रा समाप्त

हाङझाउ । १९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत जुडो र रग्बीमा नेपालको यात्रा