मनाङ र संकटाले बराबरी खेल्दै अंक बाँडे



काठमाडौं । राजधाीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लब र मनाङ मस्र्याङ्दी फुटबल क्लबले अंक बाँडेका छन् । बिहीबार च्यासल मैदानमा आ भएको खेलमा दुवै टिमले २–२ गोलको बाराबरी खेल्दै अंक थपेका हुन् ।

मनाङले दुवै पटक अग्रता लिए पनि जोगाउन असफल रह्यो । मनाङका लागि दुवै गोल कोफी कुडोले गरेका थिए भने संकटाका लागि युसेफ याट्रिस र मनिष डाँगीले एक एक गोल गरे । १९ औं मिनेटमा कुडोले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।

युसुफले गोल गरेपछि संकटाले ४४ औं मिनेटमा खेल बराबरी गरेको थियो । लगत्तै कुडोले नै व्यक्तिगत दोस्रो गोल गरेपछि मनाङ २–१ ले अघि बढेको थियो । तर ५२ औं मिनेटमा मनिषले गोल गरेपछि संकटाले २–२ को बराबरीमा ल्यायो । त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि दुवै टिमले एक एक अंकमा चित्त बुझाउन पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको