पुलिसद्वारा एपीएफ पराजित



काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब नेपाल पुलिस क्लबसँग पराजित भएको छ । मंगलबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा पुलिसले एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै पुलिस क्लब रेलिगेसन क्षेत्र छोडेको छ ।

१७ औँ चरणको खेलको समाप्ती हुँदासम्म पुलिस क्लब लिगको पुछारबाट दोस्रोमा थियो । तर, च्यासल मैदानमा विभागीय टोली एपीएफलाई हराएपछि भने पुलिस क्लब लिगको १०औँ स्थानमा उक्लिएको छ ।

पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६१औँ मिनेटमा मोइज टुमले गरेको गोल नै पुलिसका लागि निर्णायक बन्यो । बाँकी समयमा दुवै टोलीले केही राम्रा अवसर पाए पनि गोल भने गर्न सकेनन् ।

योसँगै पुलिस क्लब पहिलो लेगमा ब्यहारेको हारको बदला पनि लिन सफल भयो । यसअघि च्यासल मैदानमै भएको पहिलो लेगमा नेपाल पुलिस क्लब एपीएफ क्लबसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको