पोखरा स्पोर्ट्स अवार्डमा को बन्ला वर्ष उत्कृट महिला खेलाडी ?



पोखरा । सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी भइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दै आएको अवार्ड समारोह यही वैशाख २३ गते पोखरा सभागृहमा हुँदैछ ।

खेल क्षेत्रमा लागेर समाज र देशका लागि योगदान गरेका खेलकुदकर्मीहरूलाई मञ्चले भव्य समारोहबीच अवार्ड प्रदान गर्नेछ । सातौँ संस्करणमा वर्ष खेलाडी महिला, वर्ष खेलाडी पुरुष, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ । मञ्चले वर्ष उत्कृष्ट खेलाडी महिला, पुरुष, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीको मनोनयन सार्वजनिक गरिसकेको छ ।

पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको उपाधिका लागि तीन जना खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ । आर्चरीका रोजिना थापा मगर(बाग्लुङ), फुटबलका सावित्रा भण्डारी(लमजुङ) र आइटिएफ तेक्वान्दोका सुस्मिता थापा मगर(बाग्लुङ) उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् । खेलाडी अघिल्लो वर्ष खेल क्षेत्रमा प्राप्त गरेको सफलताका आधारमा उत्कृष्ट खेलाडी छनोट हुनेछन् ।

विसं २०५९ मा जन्मिएका रोजीनाले विसं २०७२ देखि आर्चरी खेल्न सुरु गरिन् । उनले विसं २०७३ मा आयोजना गरिएको राष्ट्रिय आर्चरी प्रतियोगितामा पहिलोपटक स्वर्ण पदक हात पारिन् । त्यसैगरी सोही वर्ष सम्पन्न सातौँ राष्ट्रिय खेलकुदमा थापाले दुई स्वर्ण पदक हात पारिन् । गत वर्ष पोखरामा सम्पन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा रोजिनाले दुई स्वर्ण जितिन् ।

यसैगरी बाग्लुङका आइटिएफ तेक्वान्दोका खेलाडी सुस्मिता थापामगरले विसं २०७४ देखि खेलकुदमा पाइला चालेकी हुन् । पहिलोपटक विसं २०७६ मा सम्पन्न आठौ राष्ट्रिय खेलकुदमा सहभागी भएर सुस्मिताले एक स्वर्ण र दुई रजत पदक हात पार्न सफल भइन् ।

यसैगरी विसं २०७८ मा भएको पहिलो गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा दुई स्वर्ण पदक हात पार्दै उत्कृष्ट खेलाडीको उपाधि जितिन् । पोखरामा गत वर्ष असोज अन्तिम साता भएको नवौँ राष्ट्रिय खेलकुदमा एक स्वर्ण र एक रजत पदक सुस्मिताले जितिन् ।

यसैगरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले १२ वर्षको उमेरदेखि खेल्न सुरु गरेकी हुन् । हाल विभागीय नेपाल एपिएफ क्लबमा आवद्ध सावित्रा फुटबल भन्दा अघि एथलेटिक्स र भलिबल खेलाडी हुन् । विसं २०६९ मा भएको राष्ट्रपति रनिङ शिल्डअन्र्तगत १०० मिटर दौडमा सावित्राले पहिलोपटक स्वर्ण आफ्नो नाममा लेखाइन् ।

सावित्राले विसं २०७० देखि फुटबल खेल्न सुरु गरेकी हुन् । उनी सोही वर्ष राष्ट्रिय टिममा स्थान बनाइन् । सन् २०१४ मा सम्पन्न साफ च्याम्पियनसीपमा सावित्राले देशको प्रतिनिधित्व गर्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइन् । त्यसपछि हालसम्म उनले राष्ट्रिय टोलीबाट एक दर्जन अन्तराष्ट्रिय प्रतियोगिता खेलिन् ।

पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् । यसैगरी वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजारको साथमा ट्रफी पुरस्कार प्राप्त गर्ने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ

दशौँ राष्ट्रिय खेलकुदको तयारीमा तीव्रता दिन खेलकुदमन्त्री श्रेष्ठको निर्देशन

  कर्णाली । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका

भलिबल खेलाडीलाई सेनाको सहयोग

  महेन्द्रनगर (कञ्चनपुर) । नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । कञ्चनपुरको