‘खोटेहाङ अध्यक्ष कप’ को उपाधि बाह्रबिसे र बासिखोरालाई



खोटाङ । खोटाङको ‘खोटेहाङ गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिताको पाँचौँ संस्करणको पुरुषतर्फको उपाधि सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसे तथा महिलातर्फको उपाधि भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले जितेको छ ।

खोटेहाङको छैटौँ वार्षिकोत्सवको अवसरमा अन्तरपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो । खोटेहाङ–३ सावाकटहरेस्थित सावाकाली माध्यमिक विद्यालयको मैदानमा शुक्रबार सम्पन्न पुरुष भलिबल प्रतियोगिताको विजेता सभापोखरी–३ ले एक लाख १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । सो स्पर्धामा भोजपुरको रामप्रसाद राई–५ मानेभञ्ज्याङ्ग दोस्रो भइ ७० हजार प्राप्त गर्यो ।

पुरुषतर्फ विभिन्न जिल्लाका २६ टोलीले भाग लिएका थिए । तेस्रो भएका बराहपोखरी गाउँपालिका–४ फाक्टाङ र खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीले ३५/३५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरी महिलातर्फको विजेता रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले ७५ हजार, दोस्रो हुने भोजपुरकै आमचोक गाउँपालिका–९ दुम्मानाले ४० हजार तथा तेस्रो हुने बराहपोखरी गाउँपालिका–४ फाक्टाङ र खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीले २५÷२५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी सभापोखरीका दिलबहादुर विष्ट, उत्कृष्ट लिफ्टर सभापोखरीकै गजेन्द्र राई र उत्कृष्ट स्पाइकर रामप्रसाद राई गाउँपालिकाका दिनेश तामाङ घोषित भए ।

यसैगरी महिलातर्फ सर्वोत्कृष्ट रामप्रसाद राई गाउँपालिकाकी ममता राई, उत्कृष्ट लिफ्टरमा रामप्रसाद राई गाउँपालिकाकै मनकला राई र उत्कृष्ट स्पाइकरमा आमचोककी आरुशा तामाङ घोषित भए ।

उनीहरुलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिएको छ । विजेता खेलाडीलाई गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई, उपाध्यक्ष रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलगायतले पुरस्कार प्रदान गरेका थिए ।

यसअघि गत वर्ष सम्पन्न भएको चौथो संस्करणको पुरुषतर्फको भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडा तथा महिलातर्फको उपाधि ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीले जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ

दशौँ राष्ट्रिय खेलकुदको तयारीमा तीव्रता दिन खेलकुदमन्त्री श्रेष्ठको निर्देशन

  कर्णाली । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका