एसीसी प्रिमियर कपमा नेपालको जित, ओमान ८४ रनले पराजित



काठमाडौं । एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

३११ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको ओमानको टिम ४६.३ ओभरमा सवै विकेट गुमाएर २२६ रनमा रोकिन पुग्यो । जितसँगै नेपाल समूह ए मा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा छ । यो सँगै नेपाल सेमिफाइनल नजिक पनि पुगेको छ । नेपाललाई जित दिलाउने क्रममा सन्दीप लामिछाने र करण केसीले समान ३–३ विकेट लिँदा दिपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशीले १ विकेट हात पारे ।

ओमानका मोहम्मद नदिमले ६५ रनको अर्धशतकीय पारि खेल्दा सन्दीप गौड ४६ रनमा आउट भए । यसैगरी आयान खानले २९ र कश्यप प्रजापतीले २५ रनको योगदान गरे । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरका ८ विकेट गुमाउँदै ३१० रन बनाएको हो । नेपालले अहिलेसम्म कै विशाल रन बनाएको हो ।

ओमानका लागि आयन खानले सर्वाधिक दुई विकेट लिँदा विलाल खान, कलिमउल्ला, फायाज बट, अकिव इलियास र जतिन्दर सिंहले एक एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय