जावलाखेलसँग पुलिस ६-१ गोलले पराजित



काठमाडौ । ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब विजयी भएको छ । च्यासल मैदानमा बुधबार भएको खेलमा जावलाखेलले विभागीय क्लब नेपाल पुलिसलाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै जावालखेलले १० खेलमा २० अंक बनाएको छ भने पराजित भएको पुलिस १० खेलमा ५ अंकसहित पुछारमा रहेको छ । पुलिसको यो सातौं हार हो भने शीर्ष स्थानको जावलाखेलको छैटौं जित हो ।

त्यसैगरी बुधबारै भएको अर्को खेलमा मछिन्द्र क्लबवमाथि विभागीय क्लब एपीएफले जित दर्ता गरेको छ । एपीएफले मछिन्द्रलाई १–० गोल अन्तरले पराजित गर्दै तालिकामा ३ अंक थप्न सफल भयो ।

एपीएफको जितमा अर्माण्डल बियोङले गोल गरेका थिए । उनले ३९ औं मिनेटमा नविन लामाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै एपीफले जित निकाल्न सफल भयो । जितसँगै एपीएफ १४ अंकका साथ आठौं स्थानमा उक्लदा १३ अंक रहेको र पराजित भएको मछिन्द्र नवौं स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ

दशौँ राष्ट्रिय खेलकुदको तयारीमा तीव्रता दिन खेलकुदमन्त्री श्रेष्ठको निर्देशन

  कर्णाली । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका

भलिबल खेलाडीलाई सेनाको सहयोग

  महेन्द्रनगर (कञ्चनपुर) । नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । कञ्चनपुरको