बाबियाचौरमा ब्याडमिन्टन कर्भड हल निर्माण



म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा २१ लख रुपैयाँमा कर्भड हल निर्माण भएको छ । ब्याटमिन्टनसहित मार्सल आर्टका खेलसमेत सञ्चालन गर्न मिल्ने गरी निर्मित कर्भड हलको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गरेका हुन् । गाउँपालिकाको ११ लाख, पूर्वाधार कार्यालयको पाँच लाख र २ को वडा कार्यालयबाट पाँच लाख गरी २१ लाखको आर्थिक सहयोगमा कर्भड हल निर्माण भएको हो ।

गाउँपालिका अध्यक्ष रोकाले समुदायमा आवश्यक सबै पूर्वाधारमा पालिकाको बजेटबाट मात्रै सम्भव नभएकाले अन्य सरकारी निकाय, प्रदेश र सङ्घीय सरकारबाट समेत बजेटको आवश्यकता रहेको बताए ।

कर्भड हल बाहिर पार्किङ, व्यवस्थित शौचालयसहितको संरचनाका लागि समेत मङ्गला युथ क्लबले बजेट माग गरेको छ । कर्भड हललाई आवश्यकताअनुसार संरचना थप गरिने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ए डिभिजन लिगमा फ्रेन्ड्स विजयी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत फ्रेन्ड्स क्लबले सशस्त्र प्रहरी

प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई

गण्डकी । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको

सूर्य नेपाल गल्फमा सद्भावलाई दुई स्ट्रोकको अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर

एसियन कप छनोटमा नेपाल चीनसँग पराजित

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत बिहीबार भएको खेलमा