लुका सकर विराट गोल्डकपको फाइनलमा



विराटनगर । साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद रङ्गशालामा गएराति भएको सेमिफाइनल खेलमा एपिएफलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लुका सकर फाइनलमा प्रवेश गरेको हो । लुका सकरको तर्फबाट चाल्र्स, रफि, अर्सद र पलले गोल गरेका थिए । यस्तै एपिएफको तर्फबाट दिपेश धिमाल र सविन गुरूङले गोल गरे ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा दुवै टोलीले गोलरहित खेल खेलेपछि छिनोफानो टाइब्रेकरबाट भएको हो । खेलको म्यान अफ द म्याच लुका सकरका गोलकिपर महमद सरफिर घोषित भए । उनले ११ हजार पुरस्कार प्राप्त गरे । यही चैत १६ गते हुने फाइनलमा लुका सकरले विराटनगर सिटीसित खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साफ च्याम्पियनशिपका लागि नेपाली टाेली घाेषणा

काठमाडौं । भारतमा हुने साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

मछिन्द्रद्वारा शेर्पा पराजित

काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको

सूर्य नेपाल प्रिमियर गल्फमा सद्भाव र सुवासलाई अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर

दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता बिहीबारदेखि

काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता