सुदूरपश्चिम–११ खप्तड गोल्डकपको सेमिफाइनल प्रवेश



सुदूरपश्चिम । धनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’को मंगलबारको खेलमा सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले नेपाल पुलिस क्लबलाई ४–० गोलले पराजित गरेको छ ।

जितसँगै आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबलाई जित दिलाउन आयुष श्रेष्ठले ह्याट्रिक गरे । खेल सुरु भएको पाँच मिनेटमै स्वामी हार्दिकले पहिलो गोल गरेका थिए । तीऔँ मिनेटमा आयुषले आफ्नो व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरे । दोस्रोे हाफको ५१औँ र ६३औँ मिनेटमा गोल गर्दै आयुषले ह्याट्रिक गर्न सफलता पाएका हुन् ।

आजको प्रतियोगिताको ‘म्यान अफ दि म्याच’ घोषित आयुष रु दश हजारबाट पुरस्कृत भए । नेपाल पुलिस क्लबले आजको प्रतिस्पर्धामा गोल गर्न पाएको अवसरलाई सदुपयोग गर्न सकेन । अब सुदूरपश्चिमले थ्री स्टारसँग सेमिफाइनलको प्रतिस्पर्धा गर्नेछ । बुधबार मानाङ मस्र्याङ्दी र क्यामरुनको एभिनर फुटबल टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

मोफसलमा सर्वाधिक धनराशि पुरस्कारको यो प्रतियोगिताको विजेतालाई २१ लाख र उपविजेताले १० लाख पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ । धनगढी रङ्गशालामा विसं २०७३ मा खप्तड गोल्डकपको पहिलो संस्करण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका