इटहरी गोल्डकपको उपाधि सगरमाथालाई



इटहरी । १३ औं संस्करणको कन्टोल इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ ।

इटहरी रंगशालामा शनिबार भएको फाइनल खेलमा चर्च व्बाईज युनाइटेडलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले लगातार दोस्रो पटक उपाधि उचालेको हो ।

निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । चर्च ब्वाइजका फ्रेकलिंग तल्ला, रञ्जित पाण्डे, मिलन राई, विदेशी खेलाडी बेम्पा र गोलकिपर प्रिसोको प्रहार गोलमा परिणत भएपनि मनोज राईको प्रहार आकाशिएको थियो ।

सगरमाथाका अभिषेक लिम्बु, मेसुके ओलामावस, स्टेफिन बिनोंग, राजीव लोप्चन, महिन्द्र कार्की र बिबेक बर्माको प्रहार गोलमा परिणत भएपछि सगरमाथाले उपाधि जितेको हो । सगरमाथाले उपाधीसंगै नगद १० लाख हात पारेको छ । उपविजेता चर्च ब्वाईजले ५ लाखमा चित्त बुझाएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी सगरमाथाका क्याप्टेन महिन्द्र कार्की घोषित हुनै नगद १ लाख पाए । सर्वाधिक गोल गरेका मछिन्द्र क्लबका आफिज ओलावालेले ३० हजार नगद पाए । प्रतियोगिताको क्वाटरफाइनलमा ४ र सेमिफाइनलमा १ गरी उनले ५ गोल गरेका थिए ।

सगरमाथाका देब लिम्बु बेष्ट गोलकिपर, बिशाल बस्नेत बेष्ट डिफेण्डर, स्टेफिन बिनोंग बेष्ट फरवार्ड र याम गुरुंग बेष्ट कोच घोषित भए । चर्च ब्वाइजका मौषम लिम्बु बेष्ट मिडफिल्डर र म्यानअफ द फाइनल घोषित भए । उनीहरुले जनही नगद २० हजार हात पारे । चैत्र ४ गते सुरु भएको प्रतियोगितामा ८ टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी-२० शृंखला खेल्न आइपुग्यो वेस्ट इन्डिजको क्रिकेट टोली

काठमाडौं । नेपालसँग टी–२० शृंखला खेल्न वेस्ट इन्डिज ‘ए’ टोली काठमाडौं आइपुगेको छ

गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेटमा बागमती र मधेशको जित

काठमाडौं । काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगिता अन्तर्गत मंगलबार भएको

कर्णाली किड्स कपको उपाधि छत्रपाल आविलाई

सिमकोट  । हुम्लाको अदानचुली गाउँपालिकामा आयोजित  कर्णाली किड्स कप– २०८१ को उपाधि छत्रपाल

नेपालसँग टी–२० क्रिकेट सिरिज खेल्ने वेस्टइन्डिजको टोली घोषणा

काठमाडौं । नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्टइन्डिजले टोली घोषणा गरेको छ । अप्रिल