फिफा वरियतामा नेपालको तीन स्थान सुधार



काठमाडौं । नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो ।

नयाँ वरियतामा नेपाल एक हजार दुई सय पाँच अङ्कका साथ एक सयौँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १०३औँ स्थानमा थियो ।

एसियाली राष्ट्रको वरियतामा भने नेपाल २०औँ स्थानमा छ । आज सार्वजनिक गरिएको वरियतामा अमेरिका शीर्ष स्थानमा यथावत छ भने जर्मनी दोस्रो तथा स्वीडेन तेस्रो स्थानमा छ ।

इङ्ल्यान्ड चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौँ र स्पेन सातौँ स्थानमा छ्न । नेदरल्यान्ड्स आठ, ब्राजिल नवौँ र अस्ट्रेलिया दशौँ स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ए डिभिजन लिगमा फ्रेन्ड्स विजयी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत फ्रेन्ड्स क्लबले सशस्त्र प्रहरी

प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई

गण्डकी । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको

सूर्य नेपाल गल्फमा सद्भावलाई दुई स्ट्रोकको अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर

एसियन कप छनोटमा नेपाल चीनसँग पराजित

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत बिहीबार भएको खेलमा