खप्तड गोल्डकपमा खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा



धनगढी । छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा क्यामरुनको एभिनर फुटबल क्लबले खुमलटार एफसीलाई हराएको छ । शुक्रबार दोस्रो दिनको खेलमा क्यामरुनको एभिनर फुटबल क्लवले ‘ए’ डिभिजन क्लव खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

धनगढी रंगशालामा शुक्रबार भएको खेलमा विदेशी टोली एभिनरले खेलको आठौं मिनेटमा कोन्फोरको गोलमा अग्रता लिएको थियो । खेलको ३६ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै खुमलटारलाई बराबरीमा ल्याएका थिए ।

एभिनरका मोसिसले लगातार दुई गोल गर्दै विदेशी टोलीलाई सेमिफाइनलको यात्रा तय गराए । उनले खेलको ६६ औं र  ७२ औं मिनेटमा गोल गरेका थिए ।  एभिनरले सेमिफाइनलमा बागमती युवा क्लव र मनाङ मस्र्याङ्दी क्लवबीच हुने खेलको विजेतासंग खेल्ने छ ।

शनिबार नेपाल पुलिस क्लव र भारतीय क्लव जर्जियनबीच प्रि–क्वाटरफाइनलको अन्तिम खेल हुने छ ।  मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोसिया स्मार्ट खेल प्रदर्शनी

  काठमाडौं । बोसिया खेललाई प्रचार–प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना

ए डिभिजन लिगमा फ्रेन्ड्स विजयी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत फ्रेन्ड्स क्लबले सशस्त्र प्रहरी

प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई

गण्डकी । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको

सूर्य नेपाल गल्फमा सद्भावलाई दुई स्ट्रोकको अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर