एसिया लायन्सलाई क्रिकेट मास्टर्सको उपाधि



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासम्मिलित एसिया लायन्सले लिजेन्ड्स लिग क्रिकेट मास्टर्सको उपाधि जितेको छ । कतारको दोहामा सोमबार राति सम्पन्न फाइनलमा ओर्ल्ड जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै एसियाले उपाधि जितेको हो ।

उपाधिका लागि चाहिएको १ सय ४८ रनको लक्ष्य एसियाले १६ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । एसियाका लागि तिलकरत्ने दिलसानले ५८ रन तथा उपुल थरंगाले ५७ रनको योगदान गरे । जायन्ट्सका लागि समित पटेल, ब्रेट ली र मोन्टी पनेसरले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सले ज्याकिस कालिसले ७८ रनको मदतमा ४ विकेट गुमाउँदै निर्धारित २० ओभरमा १ सय ४७ रन जोडेको थियो । रोस टेलरले ३२ रन बनाए । एसियाका लागि अबदुर रजाकले २ तथा थिसारा परेराले १ विकेट लिए ।

पारस प्लेइङ–११ मा रहेपनि उनले ब्याटिङ र बलिङ दुवैको मौका पाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको