प्रधानमन्त्री ’थ्री नेशन्स’ कपमा तीन राष्ट्रको सहभागिता रहने



काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेशन कप फुटबल प्रतियोगिता यसै सातादेखि राजधानीमा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न तीन राष्ट्रको सहभागिता रहने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा आयोजक नेपालसहित भुटान र लाओसको सहभागिता रहनेछ ।

प्रतियोगिताका लागि भुटान र लाओसका खेलाडी नेपाल आइसकेका छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने खेलमा उत्कृष्ट दुई टोलीले यही चैत १७ गते फाइनल खेल्नेछन् । उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् , भने दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् ।

त्यसैगरी हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीलाई पाँच सय अमेरिकी डलर प्रदान गरिने छ । प्रतियोगितको पुरस्कार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदान गर्ने आयोजक एन्फाले जनाएको छ ।

त्यस्तै प्रतियोगिताको खेल र्हेर्नका लागि एन्फाले साधारण प्याराफिटतर्फ पाँच सय र भिआईपीतर्फ एक हजार मूल्य तोकिएको छ ।

खेलको टिकट खल्ती एपबाट वा दशरथ रङ्गशालाकामा रहेको खल्तीका स्टलबाट किन्न सकिनेछ । प्रतियोगिताको लागि रु एक करोड ७५ लाख ६६ हजार चार सय ८० खर्च लाग्ने आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका