तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा सुदूरपश्चिम विजयी



बुटवल । रुपन्देहीमा तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे ।

उद्घटन खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोलअन्तरले पराजित गरेको छ । जीतसँगै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवल–११ देवीनगरस्थित एन्फा मैदानमा भएको खेलमा सुदूरपश्चिमका लागि फागुराम थारूको दुई र स्वाम्या हार्दिकले एक गोल गरे ।

खेलको सुरुआतदेखि नै रुपन्देहीमाथि हाबी देखिएको सुदूरपश्चिमका लागि खेलको ३१औँ मिनेटमा थारुले फ्रि किकमार्फत गोल गरेका थिए । खेलको दोस्रो हाफको सुरुआती मिनेटमै प्राप्त फ्रि किकलाई सदुपयोग गर्दै सुदूरपश्चिमका हार्दिकले गोल गर्दै खेल २–० अवस्थामा ल्याए ।

खेल अवधिभर उत्कृष्ट खेल प्रस्तुत गर्दै निरन्तर गोलको अवसर सिर्जना गरिरहेका थारूले दोस्रो हाफको २३औँ मिनेटमा थप एक गोल गर्दै टीमलाई ३–० को अग्रतामा पुर्याएका थिए ।

दोस्रो हाफको अतिरिक्त समयको अन्तिम समयमा रुपन्देहीका लागि विदेशी खेलाडी फोडे फोफोनाले सान्त्वना गोल गरे ।

सुदूरपश्चिमका फागुराम थारू म्यान अफ दी म्याच घोषित भए । दुई विभागीयसहित आठ टीम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ पुरस्कार पाउने सङ्घले जनाएको छ । गोल्डकपको उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख वा एक थान मोटरसाइकल पुरस्कार पाउने छन् । यस्तै उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

म्यान अफ दी म्याचलाई पनि ११ हजार एक सय ११ पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुशल मल्ल ५० हजार नगदसहित सम्मानित

बुटवल । बुटवल उपमहानगरपालिकाले क्रिकेटर कुशल मल्ललाई सम्मान गरेको छ । बुटवल ११

फ्रेन्च लिगमा पिएसजीको चौथो हार

काठमाडौं । फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले चौथो हार

तिलोत्तमा गोल्डकपमा थ्री स्टार सेमिफाइनलमा

बुटवल । तिलोत्तमा गोल्डकपमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम