वीरभद्रजङ्ग गुल्मलाई सेनाको बाहिनीपति ट्रफीको उपाधि



महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिताको उपाधि वीरभद्रजङ्ग गुल्म बझाङले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा महेन्द्रनगर श्री नम्बर २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा प्रतियोगिताको फाइनलमा श्रीदल गुल्म कञ्चनपुरको टिमलाई तीन सोझो सेटले पराजित गर्दै वीरभद्र जङ्ग गुल्मले उपाधि जितेको हो ।

प्रतियोगिताको उपाधि विजेता गुल्मलाई श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकालले ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरे ।

साथै प्रतियोगितामा उपाधि विजेता गुल्मका सिपाही राजेन्द्र धामी उत्कृष्ट खेलाडी घोषित भएका छन् । लिग चरणको भलिबल प्रतियोगितामा बाहिनीअन्तर्गत कार्यरत चार गुल्म प्रतिस्पर्धामा उत्रिएका थिए ।

सेनाले बाहिनीस्तरबाट खेलाडी छनोट गरी टिम बनाएर आगामी चैत महिनामा सञ्चालन हुने सुदूरपश्चिम पृतनापति ट्रफी–२०७९ मा सहभागी गराउने जनाएको छ ।

समापन समारोहमा बाहिनीपति सहायक रथी ढकालसँगै बाहिनीकै प्रमुख सेनानी दिवाकर रायमाझी, श्रीदल गुल्मका गुल्मपति सेनानी पृथबहादुर श्रेष्ठलगायत सैनिक अधिकृतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको