थ्रीस्टारमाथि जावलाखेलको जित



काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबमाथि जावलाखेल युथ क्लबले जित निकालेको छ । शुक्रबार एन्फा मैदान सातदोवाटोमा भएको खेलमा जावलाखेलले थ्रीस्टारमाथि १–० गोलको जित निकालेको हो । जावलाखेलको जारी लिगमा तेस्रो जित हो । थ्रीस्टारको दोस्रो हार हो ।

जावलाखेल १० अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने थ्रीस्टार ७ अंकका साथ छैटौं स्थानमा रहेको छ । जावलाखेललाई जिताउनका लागि एन्कोटो मासोबीले गरेको १६ औं मिनेटको गोल नै निर्णायक बन्न पुग्यो । यस्तै, चर्च ब्वाइज युनाईटेड र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्यस्ते च्यासल मैदानमा शुक्रबार भएको खेलमा चर्च ब्वाइज र १० खेलाडीमा समेटिएको मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन् ।

खेलको ४१ औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड पाएपछि मछिन्द्र १० खेलाडीमा समेटिएको थियो । चर्च ब्वाइजका जोसेपलाई फउल गरेपछि रेफ्री नविन्द्र महर्जनले पुजनलाई रातो कार्ड देखाएका थिए । यस बराबरीसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अंक जोडेको छ । मछिन्द्रले ५ खेलमा ५ अंक जोडेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : एथलेटिक्समा आशिषद्वारा नयाँ कीर्तिमान

  काठमाडौँ ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड