विश्वकपमा छनोट भएको नेपाली यू-१९ टोली स्वदेश फिर्ता



काठमाडौं । विश्वकपमा छनोट भएको नेपाली यू-१९  राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । युएईमा भएको विश्वकप छनोट खेलेर सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने सुनिश्चित गरी टोली शुक्रबार साझा स्वदेश फर्किएको हो ।

आइसिसी यू-१९ विश्वकप एशिया छनोटको बिहीवार सम्पन्न खेलमा युएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो । यस जितसँगै नेपालले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने पक्का भएको थियो ।

नेपाल आएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक जगत टमाटाले नेपालको फिल्डङ र बलिङका कारण विश्वकपमा छनोट भएको बताए ।

त्यस्तै यु १९ टोलीका कप्तान देव खनालले सबै खेलाडीको मिहेनतले विश्वकपमा छनोट भएको बताए ।

नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो । यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ को यु–१९ विश्वकप खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘राइट टु प्रोटिन’ हाफ म्याराथनमा सन्तोषी र राजन प्रथम

काठमाडौँ। मुलुककै सबैभन्दा धेरै खेलाडीको सहभागिता रहेको चौथो संस्करणको ‘राइट टु प्रोटिन’ दौड

मच्छिन्द्र क्लब सभापति कप फुटबलको सेमिफाइनलमा

  काठमाडौँ । सभापति कप पुरुष फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबले एपिएफ क्लबलाई पराजित

नेपाल कबड्डी लिगमा विराटनगर ब्यान्डिट्स विजयी

काठमाडौँ । हिमालयन रेइडर्सलाई पराजित गर्दै विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी लिग (एनकेएल) को

यु-१९ महिला टी–२० विश्वकपमा नेपालको जित

काठमाडौं । आईसीसी यु-१९ महिला टी–२० विश्वकपमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको