युएईमाथि जित निकाल्दै नेपाल यु–१९ विश्वकपमा छनोट



काठमाडौं । आईसीसी यु-१९ विश्वकप एसिया छनोटमा नेपालले घरेलु टोली युएईलाई पराजित गरेको छ । नेपालले युएईलाई ७ रनले हराएको हो । यो जितसँगै नेपाल यु १९ विश्वकपमा छनोट भएको छ । नेपाल ८ वर्षपछि विश्व कपमा पुगेको हो । यसअघि सन् २०१६ मा नेपालले उमेर समूहको विश्व कप खेलेको थियो ।

नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भयो । यूएईका लागि इथान कार्ल डिसुजाले ५०, आर्यन सक्सेनाले ३४ र आर्यन शर्माले ३२ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले ‘ह्याट्रिक’ सहित ५ विकेट लिए ।

यसअघि आजमानमा रहेको इडेन गार्डेन्समा टस हारेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा १ सय ९१ रनमा अलआएट भयो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए ।

यस्तै विशाल विक्रम केसीले ३८ र उत्तम रङ्गु थापा मगरले ३६ रन बनाए । बलिङतर्फ यूएईका ध्रुव पराशरले ३ तथा हरित हरि शेट्टी र आयन आफजल खानले २/२ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो । यु-१९ विश्वकप सन् २०२४ मा श्रीलङ्कामा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्ने सबैलाई धन्यवाद’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवन अन्त्य गर्न लागेको

कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो

सिन्धुपाल्चोक । नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला

युगाण्डालाई पराजित गर्दै नेपाल खो खो विश्वकपको फाइनलमा

काठमाडौं । नेपाली महिला टोली भारतमा जारी खो खो विश्वको फाइनलमा पुगेको छ

यू–१९ महिला विश्वकपः नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

काठमाडौँ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल